logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • स्वतन्त्र भनेर आएकाहरुले राजनीतिलाई इन्जोय गर्ने माध्यामको रुपमा लिएः अध्यक्ष ओली

    स्वतन्त्र भनेर आएकाहरुले राजनीतिलाई इन्जोय गर्ने माध्यामको रुपमा लिएः अध्यक्ष ओली

    2.9K
    Shares
    स्वतन्त्र भनेर आएकाहरुले राजनीतिलाई इन्जोय गर्ने माध्यामको रुपमा लिएः अध्यक्ष ओली

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा एकथोपा पनि पसिना नबगाएकाहरुले यसलाई इन्जोय गर्ने माध्यामको रुपमा लिएको टिप्पणी समेत गरेका छन् । स्वतन्त्रको पहिचान बनाएर राजनीतिमा सहभागी भइरहेकाहरुप्रति संकेत गर्दै उनले राजनीतिलाई उनीहरुले रमाइलो गर्ने माध्यमको रुपमा लिएपनि त्यस्तो नभएको बताए ।

    अध्यक्ष ओलीले भने, ‘कस्तो पोलिटिक्स भन्ने हुन्छ । हावादारी पोलिटिक्स होइन । हा हुँको पालिटिक्स होइन । मौसमी तालको नि । भनिदिनलाई सजिलो छ । अस्ती म यसो सुन्दैथिए मानिसहरुले बोलेको । दुःख नगरेका, पसिना नबगाएका, केही नगरेका, केही नगरेकालाई कमेन्ट गर्न सजिलो छ । तिनले लोकतन्त्रका लागि एक थोपा पसिना बगाएको छैन । जसले लोकतन्त्रका लागि उक थोपा पसिना बगाएको छैन । जसले कुनै बलिदान दिएको छैन । कोही परिवारको सदस्यले बलिदान दिनु परेन । उसले केही क्षति नै व्यहोरेको छैन । उसका लागि पोलिटिक्स हाहु गर्ने, इन्जोय गर्ने माध्यम बनेको छ । रमाईलो गर्ने विषय बनेको छ । तर पोलिटिक्स त्यस्तो होइन ।’

    अध्यक्ष ओलीले राजनीतिमा सहभागी भएर असाधारण योगदान गरिरहेको भन्दै महिलाहरुको प्रशंशा समेत गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend