आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

दाङबाट प्युठान तर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ९ जना घाइते

दाङबाट प्युठान तर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ९ जना घाइते

दाङ । प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दाङको भालुवाङबाट प्यूठान बाग्दुला तर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका(४ कुडुलेमा दुर्घटना भएको हो ।

घाइतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाइतेहरुलाई उद्धारपछि ६ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । बाँकी तीन जनाको भने प्युठानको साझा पोलिक्लिनमा उपचार भइरहेको छ ।

ब्रेक फेल भएर गाडी अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले बताएको छ । गाडी सडकबाट करीव २० मिटर तल खसेको थियो । गाडीमा चालक सहित १४ जना सवार थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend