काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकले पीडितलाई न्याय दिन्छ कि दिँदैन भन्ने गम्भिर सवाल उठेको बताए । उनले विधेयकले मानव अधिकारको सम्बन्धमा संविधानको परिकल्पनालाई समेत चुनौती दिएको बताए ।
न्याय निरुपणको सम्बन्धमा विशेष अदालतको माग गर्नुले अन्तर्राष्ट्रिय मानव अधिकार, कानून र संविधानको बर्खिलापमा गएको उनको भनाई छ । न्याय निरुपण अहिले भइरहेकै अदालतबाट हुनुपर्नेमा उनको जोड छ ।