logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • राप्रपासँग एकताको तयारीमा रवीन्द्र मिश्र

    राप्रपासँग एकताको तयारीमा रवीन्द्र मिश्र

    11.7K
    Shares

    काठमाडौं । विवेकशील साझा पार्टीबाट अलग भएका रवीन्द्र मिश्र राप्रपासँग एकता गर्ने तयारीमा देखिएका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं १ बाटै पुनः उम्मेदवारी दिन लागेका मिश्रसँग यसपल्ट चुनाव चिह्न छैन । मनोनयन अगावै राप्रपासँग ‘एकता’ या प्रवेश भएको खण्डमा उनी हलो चिह्नबाट चुनाव लड्ने बताईएको छ ।

    तर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन मिश्रलाई तत्कालै पार्टी नेतृत्वमा ल्याउन इच्छुक देखिए पनि दुई वरिष्ठ नेताहरु विक्रम पाण्डे र बुद्धिमान तामाङबीचको व्यक्तित्व टकराबबीच यो चाहनाले प्रतिफल पाउन सकेको छैन । नेताहरूको वरीयता र वरिष्ठता व्यवस्थापनको मुद्दा एकता छलफलको अग्रभागमा आएको बुझिएको छ ।

    वैकल्पिक राजनीतिको विमर्श चलाइरहेका मिश्र हिजोआज संवैधानिक राजसंस्था, हिन्दु बौद्ध राज्यलगायत माग राखेर मार्ग परिवर्तनको बाटोमा लागेका छन् । एमाले अध्यक्ष केपी ओलीसँग भेट्न पहिलोपल्ट बालकोट निवास पुगेका मिश्रले आइतबार विभिन्न विषयमा सकारात्मक छलफल भएको उल्लेख गरेका थिए । स्रोतका अनुसार काठमाडौं १ मा मिश्रलाई एमालेले सघाउने सम्भावना छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend