
काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ लमजुङबाट उम्मेदवार सिफारिस भएका छन्। महासचिव गुरुङ प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका हुन्।
माओवादी जिल्ला समन्वय समिति लमजुङको आइतबार बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो। साथै स्थायी कमिटी सदस्य देवेन्द्र पराजुलीको नाम पनि उम्मेदवारमा सिफारिस भएको छ। महासचिव गुरुङ २०७४ को निर्वाचनमा पनि लमजुङबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनको घर भने मनाङको नासों गाउँपालिका–४, ओडार गाउँ हो।
समानुपातिकमा केन्द्रीय सदस्य मधु अधिकारी गुरुङ, ऋषिराम पौडेल र उर्मिला माझीको नाम सिफारिस भएको छ। प्रदेशसभा क को प्रत्यक्षतर्फ अधिकारी गुरुङ, मेखबहादुर भण्डारी, हरिजङ तामाङ र होमबहादुर विकको नाम सिफारिस भएको छ।
प्रदेश ख मा केन्द्रीय सदस्य विमल अधिकारी र जिल्ला सचिव रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend