logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपालमा पूर्वाधार निर्माण देश र राष्ट्रका लागि भन्दा पनि व्यक्तिगत फाइदा हेरर गर्ने प्रवृत्ति भयोः अर्थमन्त्री शर्मा

    नेपालमा पूर्वाधार निर्माण देश र राष्ट्रका लागि भन्दा पनि व्यक्तिगत फाइदा हेरर गर्ने प्रवृत्ति भयोः अर्थमन्त्री शर्मा

    11.1K
    Shares
    नेपालमा पूर्वाधार निर्माण देश र राष्ट्रका लागि भन्दा पनि व्यक्तिगत फाइदा हेरर गर्ने प्रवृत्ति भयोः अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार निर्माण देश र राष्ट्रका लागि भन्दा पनि व्यक्तिगत फाइदा हेरर गर्ने प्रवृत्ति नेपालमा हाबी भएको बताएका छन् । शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

    उनले नेपालमा वचत गर्ने संस्कार नहुँदा समेत ठूला पूर्वाधारमा लगानी गर्न स्रोतको अभाव भइरहेको बताए । मन्त्री शर्माले नेपालमा वैदेशिक लगानीको लागि कानून नुहँदा अपेक्षाअनुसार विदेशी लगानी आउन नसकेको बताए । उनले पूर्वाधार विकासको आवश्यकतालाई भन्दा पनि परम्परागत सोचले पूर्वाधार विकास गर्न खोज्दा समस्या रहेको बताए । उनले पूर्वाधार विकासमा सरकारका मन्त्री,सरकारी कर्मचारी,लगानीकर्ता र जनताको सोचमा नै समस्या रहेको भन्दै पूर्वाधार विकास गर्ने सोचलाई बदल्नुपर्ने बताए । मन्त्री शर्माले नेपालमा कस्तो पूर्वाधार बनाउने भन्ने नीति नभएको बताए । उनले सरकारसँग कुन पूर्वाधार आवश्यक छ, कस्तो पर्यटन पूर्वाधार चाहिएको हो, कुन विमानस्थल आवश्यक छ भन्ने योजना नहुनु राजनीतिक समस्या भएको बताए ।

    उनले भने,‘ नेपालको पूर्वाधार विकास गर्ने सोचमा समस्या छ । हामीले अहिलेको विकासको आवश्यकतालाई भन्दा पनि परम्परागत रुपले मात्रै सोच्ने विषयमा समस्या छ । सोचबाट नै सरकारका मन्त्री,सरकारी कर्मचारी,लगानीकर्ता र जनताको सोचमा समस्या छ । सबैभन्दा पहिला पूर्वाधार विकास गर्ने सोचलाई बदल्नु पर्छ । पूर्वाधार विकास समग्र राष्ट्र,समाज र सबैका लागि भन्दा पनि व्यक्तिगत फाइदाका लागि मात्रै हेर्ने गरेका छौं । त्यो पनि समस्या देखिएको छ ।

    अब अहिले नेपालाई कस्ता भौतिक पूर्वाधारहरु आवश्यकता छन् । शिक्षा, स्वास्थ्य, पर्यटन,सञ्चार लगायत विविध क्षेत्रका कुरा गर्छाैं । तर सरकारको अहिलेसम्म पूर्वाधार विकास गर्ने स्पष्ट नीति छैन । जसको सरकार आयो,जो मन्त्री भयो उसको नीति भन्ने प्रचलन रहेको छ । कुनकुन पूर्वाधार आवश्यक हुन् र केमा लगानी गर्ने समस्या आउँछ । अहिले नेपाललाई कति वटा विमानस्थल आवश्यक हो । भनेर पहिचान गरेर काम गरिरहेको हुन्छ तर अर्को थपिने र घट्ने गर्छ यो राजनीतिक समस्या हुन् । अर्को राज्यको पूर्वाधार विकास गर्ने व्यवस्थापन राम्रो छैन । पूर्वाधार निर्माणको काम समय सम्पन्न नहुने,गुणस्तर नहुने समस्या रहेको छन् ।’

    मन्त्री शर्माले राज्यको पूर्वाधार विकास गर्ने व्यवस्थापन राम्रो नहुँदा पूर्वाधार निर्माणको काम समय सम्पन्न नहुने समस्या रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend