logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • शो दिएन भनेर मेरो बद्नाम गर्न खोजियोः भुवन केसी

    शो दिएन भनेर मेरो बद्नाम गर्न खोजियोः भुवन केसी

    16.8K
    Shares
    शो दिएन भनेर मेरो बद्नाम गर्न खोजियोः भुवन केसी

     

    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई हल नदिएको आरोप लगाएर आफ्नो बद्नाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । मंगलवार नेपाली चलचित्र ‘सायरा’ निर्माण हुने जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष केसीले आफू र चलचित्र विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाइ आफ्नो बदनाम गर्ने कोशिष भएको बताए । उनले चलचित्र विकास बोर्डले चलचित्र विकासका लागि काम गरिरहेको भन्दै आगामी दिनमा नेपाली चलचत्र क्षेत्रलाई उचाईमा पु¥याउने बताए । अध्यक्ष केसीले नेपाली सिनेमालाई नेपालमा नै सोचेजति साथ र सहयोग नमिलेको गुनासो गरे । उनले बाहिरि देशका चलचित्रहरुले पनि नेपालमा स्थान पाउनुपर्ने तर पहिलो प्राथमिकता भने नेपाली चलचित्रलाई नै हुनुपर्ने बताए । अध्यक्ष केसीले चलचित्र क्षेत्रको विकासका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै चलचित्रका केही नीति, नियम परिवर्तन गर्न जरुरी रहेको पनि बताए ।

    उनले भने, ‘नेपाली चलचित्रलाई हाम्रै देशमा सोचेजति सपोर्ट र माया मिलिरहेको छैन । संसारभरको सबै चलचित्र हाम्रो देशमा चल्नुपर्छ, हामी सबैलाई स्वागत गर्दछौँ । तर पहिलो प्राथमिकता नेपाली चलचित्रकर्मीहरुले खेलेका सिनेमालाई हुनुपर्छ । बजारमा भुवन केसीले, विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन शो दिएन भनेर, नकारात्मक हल्ला फैलाएर मेरो बद्नाम गर्ने कोशिस गरिएको छ । अहिलेसम्मको नियमअनुसार विकास बोर्डले चलचित्र हल दिने होइन । विकास बोर्ड नेपाली चलचित्रले ६० प्रतिशत ल पाउनुपर्छ । नेपाली चलचित्र कमजोर छ भनेपनि सेकेण्ड सोमा झार्न सक्नुहुन्छ ।’

    कार्यक्रममा नेपाली चलचित्र सायरा निर्माण हुने बारेमा जानकारी गराइएको थियो । फिल्मको नाम सार्वजनिक गर्दै चलचित्रका कलाकारहरुको बारेमा कार्यक्रममा जानकारी गराइएको थियो । चलचित्र सायरामा आर्यन सिग्देल, कविता नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्र बलिउडका विशाल देसाईले निर्देशन गर्नुहुनेछ भने सोसल ड्रामा र लभ स्टोरीमा अधारित फिल्मको ९० प्रतिशत छायांकन अस्टे«लिया र १० प्रतिशत छायांकन नेपालमा हुनेछ । अस्टे«लियाको सिड्नी र मेलबर्नमा छायांकन हुने चलचित्रको कथावस्तु निर्माता रघु परियारको रहेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend