logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • साफ महिला च्याम्पियनसिपः पाकिस्तानको सान्त्वना जित

    साफ महिला च्याम्पियनसिपः पाकिस्तानको सान्त्वना जित

    15.8K
    Shares
    साफ महिला च्याम्पियनसिपः पाकिस्तानको सान्त्वना जित

    काठमाडौं । ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा मंगलवार माल्दिभ्सलाई हराउँदै प्रतियोगितामा सान्त्वना जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ७–० गोल अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा सान्तोवना जित निकालेको हो ।

    यो जित पाकिस्तान महिला फुटबलमा सबैभन्दा फराकिलो जित पनि हो । प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोलीले मंगलावार प्रतिष्ठाका लागि प्रतिष्पर्धा गरेका थिए । अघिल्ला खेलमा नतिजा सुम्पिएका दुवै टोली सुखद् अन्त्यको खोजीमा मैदान उत्रिएका थिए । माल्दिभ्सबिरुद्ध फराकिाले जित निकाल्ने क्रममा पाकिस्तानकी नादिया खान एक्लैले चार गोल गरिन् । यस्तै बाँकी तीन गोल रमिन फरिद, खादिजा काजमी र अनमोल हिराले गरे ।

    पाकिस्तान समूह चरणको पहिलो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ६–० ले हारेको थियो भने माल्दिभ्सले पहिलो खेलमा बंगलादेशलाई ५–० को नतिजा सुम्पिएको थियो । यस्तै समूह चरणको दोस्रो खेलमा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको थियो । यो समूहबाट भारत र बंगलादेशले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । मंगलवार नै हुने भारत र बंगलादेशबीचको खेलले यो समूह विजेताको टुंगो लाग्नेछ । समूह ‘बी’बाट नेपाल विजेता र भुटान उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । नेपालले सोमवार श्रीलंकालई ६–० ले हराएको थियो । पाकिस्तान आठ वर्षपछि अन्तरास्ट्रिय फुटबलमा फर्किएको हो । यसअघि, सन् २०१४ को साफ महिला च्याम्पियानसिप पाकिस्तानी टिमले खेलेको अन्तिम प्रतियोगिता थियो । त्यतिबेला पाकिस्तानले अन्तिम खेलमा भुटानलाई हराएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend