logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • राजदेवी मन्दिरमा यसवर्ष १४ हजार ९४१ बोकाको बलि दिइयो

    राजदेवी मन्दिरमा यसवर्ष १४ हजार ९४१ बोकाको बलि दिइयो

    6.6K
    Shares
    राजदेवी मन्दिरमा यसवर्ष १४ हजार ९४१ बोकाको बलि दिइयो

    जनकपुरधाम। जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा बलिप्रदानको कार्यक्रम सकिएको छ ।

    यसवर्ष राजदेवी मन्दिरमा १४ हजार ९ सय ४१ बोकाको बलि दिइएको हो । निशा पूजा सम्पन्न भएलगत्तै सोमबार राति ८ बजेर ४१ मिनेटदेखि सुरु भएको बलिप्रदान मंगलबार बिहान ३ बजेर ५३ मिनेटसम्म चलेको थियो ।

    बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालुभक्तजन सोमबार दिउँसैदेखि लाइनमा लागेका थिए । बलिप्रदानको कार्यक्रम बिहान ३ः५३ बजेसम्म चलेको स्थानीय महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले जानकारी दिए ।

    बोकाबलिका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो भने एक मिनेटमा एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलिप्रदान भएको थियो ।

    बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरिएको थियो । बोकाको लाइनसहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा १० जना जनशक्ति खटाइएको थियो ।

    राजदेवी मन्दिरमा यसअघि २०७८ सालमा १४ हजार ३ सय ६६ बोकाको बलिप्रदान गरिएको थियो भने २०७७ सालमा ८ हजार ९ सय ६८, २०७६ सालमा १४ हजार ९ सय ९७, २०७५ सालमा १४ हजार ९ सय ९७, २०७४ सालमा १२ हजार ३ सय ७, २०७३ सालमा १४ हजार ६ सय १७, २०७२ सालमा १३ हजार ८ सय १, २०७१ सालमा १४ हजार ७ सय २२, २०७० सालमा १४ हजार ८ सय ६१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६७ सालमा १३ हजार ५ सय ५२ र २०६६ सालमा ११ हजार ७ सय ९३ बोकाको बलिप्रदान गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend