logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते

    सल्यानमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते

    2.8K
    Shares
    सल्यानमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते

     

    सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१० रजईखोलाबाट बालुवा लगेर थापाचौर जाँदै गरेको रा १ त १६९० नम्बरको ट्याक्टर आज (बिहिबार) रजई खोलानजिकै दुर्घटना भएको हो ।

    घाइते हुनेमा बन्गाड कुपिण्डे नगरपालिका–१० थापाचौरका एकै गाउँका १६ वर्षीय तीलक बुढा, १८ वर्षीय भुपाल बुढा, १४ वर्षीय गोपाल पुन, १६ वर्षीय सुमन पुन, १७ वर्षीय जीमबहादुर बुढा, १७ वर्षीय कुलविर पुन, २१ वर्षीय झुपलाल घर्ती र २१ वर्षीय नन्दलाल घर्ती रहेका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार कुपिण्डे ताल अवलोकन गरेर घर फर्कंदै गरेका थापाचौरका ९ जना युवा ट्याक्टरमा चढेका थिए ।

    घाइते सबैलाई उपचारका लागि सुर्खेतको कालागाउँस्थित प्रादेशिक अस्पताल लगिएको छ । ट्याक्टर चालक भने फरार रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend