काठमाडौं । निर्वाचनको मौन अवधिदेखि मत गणना नसकिएसम्म मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई मर्यादित बनाउन मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको बताए ।
मदिरा बिक्री वितरण र सेवन कार्यलाई पूर्ण रुपमा निषेध गर्न जिल्ला आचारसंहिता र स्थानीय सुरक्षा समितिलाई सक्रिय बनाएको थपलियाले बताए । आवश्यक सुरक्षा व्यवस्था मिलाउन नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान प्रहरीको व्यवस्था गरिएको छ ।