
सिन्धुपाल्चोक । आज जारी मतदानका क्रममा जिल्लामा अपरान्ह १ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालका अनुसार मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ ।
जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान सुरु भएको बताए । ती स्थलका तीन सय २१ मतदान केन्द्रमा मतदान जारी रहेको हो । दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा जम्मा दुई लाख ६० हजार दुई सय ७३ मतदाता छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend