
काठमाडौँ – मसिंर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत गणनामा अनेक रोचक किस्साहरु भेटिएका छन्।
त्यस्तै मध्यको एक रोचक मतपत्र भर्खरै भेटिएको छ। डल्लेधुराको एक मतदान केन्द्रमा मतदाताले सुर्य चिन्ह नभेटेपछि आफैले सुर्य चिन्ह बनाएर त्यस्तैमा मतदान गरेको भेटिएको छ।
सामाजिक संजालमा भाईरल भएको यो तस्बिरका बारेमा बिभिन्न व्यक्तिहरुले एमाले प्रतिको आगाध माया भनेर धेरैले व्याख्या गर्दै सामाजिक संजालमा पोष्ट गरेका छन।
एमालेले विभिन्न ठाउँमा अन्य दलसंग तालमेल गर्दा केहि स्थानमा सुर्य चिन्ह छैन निर्वाचन आयोगले उम्मेदवार नभएको ठाउँमा अहिले चिन्ह राखेको थिएन ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend