logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • नेप्से परिसूचक ११.५६ अंकले वृद्धि

    नेप्से परिसूचक ११.५६ अंकले वृद्धि

    2.5K
    Shares

    काठमाडौं । दुई दिन लगातार रुपमा गिरावट आएको नेप्से परिसूचक बिहीबार वृद्धि भएको छ । बिहीवार नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८७ अंकले बढेको छ ।

    बिहीवार कारोबारमा आएका २३२ कम्पनीको २५ लाख ६९ हजार कित्ता शेयर ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक बढेपनि बिहीवार कारोबार रकम भने घटेको छ । नेप्सेका १३ उपसमूहमध्ये निर्जीवन बीमा उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जसमा विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

    निर्जीवन बीमा उपसमूहको परिसूचक ०.०४ प्रतिशत घटेको छ । बिहीवार कारोबारमा आएको घलेम्दी हाइड्रो र आरएमडिसी लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । तर यता किसान लघुवित्त वित्तीयको शेयरमूल्य भने २.८९ प्रतिशत घटेको छ ।

    आज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend