सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

समानुपातिक तर्फको मत पुनःगणना गर्न रुपन्देहीमा एमालेको माग

समानुपातिक तर्फको मत पुनःगणना गर्न रुपन्देहीमा एमालेको माग

बुटवल । नेकपा एमालेले रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ मा समानुपातिक तर्फको मतगणनामा धाँधली भएको भन्दै पुनः गणना गर्न माग गरेको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एमालेका सचिव एवं सो क्षेत्रबाट निर्वाचित सांसद छविलाल विश्वकर्माले मतगणनामा धाँधली भएको प्रमाण भेटिएको भन्दै पुनः गणना हुनुपर्ने माग गरे । उनले रुपन्देहीमा मात्र नभई अन्यत्र पनि समानुपातिक मत गणनामा धाँधली भएको जिकीर गरे ।

पत्रकार सम्मेलनमा नेकपा एमाले रुपन्देही सचिव यज्ञमुर्ति गैरेले ९ वटा मतपेटिका जाँच गरेको मुचुल्कामा मतदाता संख्या जम्मा ५७४६ उल्लेख भएकोमा मतगणना फारममा ५७३ मत संख्या थपी ६,३१९ उल्लेख गरेको देखिएको बताए ।

गैरेले भने ‘ओमसतिया गाउँपालिका वडा नं.६ ख, केरवानी क, तिलोत्तमा वडा नं.९ गौतमबुद्ध शिशु सदन आवि, क देवदह वडा नं.६, युगज्योति ख, तिलोत्तमा वडा नं.८ ज्योति मावि घ, ओमसतिया वडा नं.१ ठुटीपिपल मावि ख, देवदह वडा नं.३ केरवानी मावि ख, देवदह वडा नं. १० सिता मावि क, देवदह वडा नं.१२ सिक्टहन ख समेतका ९ वटा मतपेटिकाको गणनामा धाँधली भएको छ ।’

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend