सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी २९औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

हाल कम्पनीको चुक्ता पुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो। बैंकले गत वर्ष भने ३.५ प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत लाभांश गरी कुल ५.३१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

गत वर्षको तुलनामा बैंकले लाभांश दर बढाएको हाे।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend