सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सुनसरी ४ मा रोकिएको मतगणना सुरु

सुनसरी ४ मा रोकिएको मतगणना सुरु

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएर दिउँसो ३ बजेपछि मतगणना सुरु भएको हो ।

शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि गणनालाई निरन्तरता दिने सहमति भएको हो । सुनसरी ४ मा कांग्रेसबाट सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भइरहेको छ । कार्कीले अग्रता बनाएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend