सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कोलम्बिया पहिरोः तेत्तीस जना पुरिए

कोलम्बिया पहिरोः तेत्तीस जना पुरिए

एजेन्सी । कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको अवस्था गम्भीर छ ।

यो साताको प्रारम्भमा राजमार्गमा पहिरो खस्दा यात्रीबाहक बस, मोटरसाइकललगायत सवारी साधन पुरिएका तथा तिनमा यात्रारत तीन जना बालबालिकासहित ३३ जनाको ज्यान गएको आन्तरिक मामिलामन्त्री अल्फोन्सो प्राडाले बताएका छन् ।

पहिराले राजमार्गमा सवारीसाधन पुरेको सूचना पाउनेवित्तिकै देशको जोखिम व्यवस्थापन इकाइ र यातायात मन्त्रालयका कर्मचारीका साथै प्रहरी र सेनालाई उद्धारमा खटाइएको थियो । राजमार्गका केही भागमा पहिरो पन्छाउनुपर्ने भएकाले उद्धार तथा मृतकको खोजी जटिल भएको छ ।

यसैबीच, राष्ट्रपति गुस्ताभो पेट्रोले प्रतिकूल मौसम तथा त्यसबाट उत्पन्न हुने विपद् व्यवस्थापनलगायत कामका निम्ति राष्ट्रिय एकीकृत उद्धार तथा सहायता केन्द्र स्थापना गर्न आदेश दिएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend