
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ । पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो ।
चौथौ लहरको कोरोना महामारीका कारण त्यहाँ कडा लकडाउन छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।
पुन पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा सामान्य सुधार भएको बताइन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend