logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • भ्रष्टाचारीलाई निरुत्साहन गर्दै समृद्ध भविष्य निर्माण गर्नु आजको आवश्यक्ताः मुख्यसचिव बैरागी

    भ्रष्टाचारीलाई निरुत्साहन गर्दै समृद्ध भविष्य निर्माण गर्नु आजको आवश्यक्ताः मुख्यसचिव बैरागी

    2.2K
    Shares
    भ्रष्टाचारीलाई निरुत्साहन गर्दै समृद्ध भविष्य निर्माण गर्नु आजको आवश्यक्ताः मुख्यसचिव बैरागी

    काठमाडौं । मुख्यसचिव शंकरदास बैरागीले सबै मिलेर भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले भ्रष्टाचार नियन्त्रणमा भएको प्रगतिले मुलुकको सुशासनको सुचकांकमा समेत सुधार भइ अन्तर्राष्ट्रिय स्तरमा मुलुकको प्रतिष्ठा र छवि उँचो हुने बताए । उनले सार्वजनिक प्रशासन बेथिति, विसंगति र भ्रष्टाचारजन्य गतिविधि नगरी नागरिक र देशको सेवामा लाग्न आवश्यक रहेको बताए । मुख्यसचिव बैरागीले सरकारी निकायहरुले कानून र कार्यविधिको व्यवस्था अनिवार्यरुपमा पालना गरी सबै क्षेत्रमा कडाईकासाथ लागू गर्नेकुरामा जोड दिए । उनले भ्रष्टाचारले सामाजिक सेवा, प्रवाह र विकास व्यवस्थापनका साथै सामाजिक जीवनका सबै क्षेत्रमा नकारात्मक प्रभाव सिर्जना गर्ने भएकाले भ्रष्टारजन्य गतिविधिप्रति समाजका सबै सदस्य सचेत हुन जरुरी रहेको पनि बताए । उनले भ्रष्टाचारीलाई निरुत्साहन र सदाचारीलाई प्रोत्साहन गर्दै समृद्ध भविष्यको आधारशीला निर्माण गर्नु आजको आवश्यक्ता भएको बताए ।

    मुख्यसचिव बैरागीले भने, ‘भ्रष्टाचार नियन्त्रणमा भएको प्रगतिले मुलुकको सुशासनको सुचकांकमा समेत सुधार भइ अन्तर्राष्ट्रिय स्तरमा मुलुकको प्रतिष्ठा र छवि उचो हुन्छ । जसकारण भ्रष्टाचार नियन्त्रणलाई सबै मिलेर काम गर्न जरुरी छ । सार्वजनिक प्रशासनलाई बेथिति र विसंगति, भ्रष्टाचारजन्य कार्यबाट टाढा राखेर नागरिक र देशको सेवामा लाग्न आवश्यक छ । कानून र कार्यविधिको व्यवस्था अनिवार्यरुपमा पालना गरी काम गर्ने, गराउने कुरामा निर्णय गर्दै तोकेको कानूनको पूर्ण पालना गरी कानूनको सबै तहमा कडाईकासाथ लागू गर्नेकुरामा जोड दिनुपर्नेछ । भ्रष्टाचारको नियन्त्रणका लागि निरोधात्मककुरालाई सँगै कार्यान्वयनमा उतार्न आवश्यक छ । भ्रष्टाचारले हाम्रो सामाजिक सेवा, प्रवाह र विकास व्यवस्थापनका साथै सामाजिक जीवनका सबै क्षेत्रमा नकारात्मक प्रभाव सिर्जना गर्ने भएकाले भ्रष्टारजन्य गतिविधिप्रति समाजका सबै सदस्य सचेत हुन जरुरी छ । भ्रष्टाचारीलाई निरुत्साहन र सदाचारीलाई प्रोत्साहन गर्दै समृद्ध भविष्यको आधारशीला निर्माण गर्नु आजको आवश्यक्ता हो । सबै निकायको तत्परता र सबै निकायको सहकार्यमा मात्रै भ्रष्टाचारलाई नियन्त्रण गर्न सम्भव छ । भ्रष्टाचार नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै विकास व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहमा उचित व्यवस्थापन गर्न जरुरी छ । सार्वजनिक सेवा प्रवाहमा देखिएको विकृति, विसंगति र समस्याको समाधान गर्दै सार्वजनिक सेवालाई चुस्त, सहज, पारदर्शी र नागरिकमैत्री बनाउन आवश्यक छ ।’

    मुख्यसचिव बैरागीले सबै निकायको तत्परता र सबै निकायको सहकार्यमा मात्रै भ्रष्टाचारलाई नियन्त्रण गर्न सम्भव रहेको उल्लेख गर्दै सार्वजनिक सेवा प्रवाहमा देखिएको विकृति, विसंगति र समस्याको समाधान गर्दै सार्वजनिक सेवालाई चुस्त, सहज, पारदर्शी र नागरिकमैत्री बनाउन आवश्यक रहेको बताए ।
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend