काठमाडौं । एनसीसी र कुमारी बैंकको आज (मंसिर २५ गते) विशेष साधारण सभा बस्दैछ । एनसीसी र कुमारीले एक आपसमा मर्ज हुँदैछन् । दुवै बैंकले मुख्यरुपमा सोही प्रस्ताव विशेष सभामा पारित गर्नेछन् । सभामा सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः१ सेयर स्वाप रेसियोमा मर्ज हुने प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ ।
मर्जपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ । मर्जपछि कुमारी बैंकको नामबाट कारोबार हुनेछ । कुमारीको सभा दिउँसो १ बजे बैंकको नक्साल कार्यलयमा सुरु हुनेछ । यता, एनसीसीको सभा पनि अनमोल बैंक्वेट शंखमुल काठमाडौंमा दिउँसो १ बजे नै सुरु हुनेछ ।