logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिञ्जाका सडक पुनःनिर्माण गर्न बजेट व्यवस्थापन

    सिञ्जाका सडक पुनःनिर्माण गर्न बजेट व्यवस्थापन

    1.6K
    Shares
    सिञ्जाका सडक पुनःनिर्माण गर्न बजेट व्यवस्थापन

    जुम्ला । गत असोज १९ देखि २३ गतेसम्म परेको लगातार अविरल वर्षा र बाढीपहिराले विशेषगरी सिञ्जा क्षेत्रमा धनजनको ठूलो क्षति गरेको थियोे । ग्रामीण सडकदेखि राजमार्गसम्म जोडिएका सडकखण्ड पनि बाढीपहिराले क्षति गरेपछि पुनः स्तरवृद्धिका काम भइरहेका छन् । सिञ्जा गाउँपालिकामा भत्किएका सडक निर्माणका लागि रु पाँच करोडको बजेट अर्थ मन्त्रालयबाट विनियोजित भई सहरी विकास एकाइ कार्यालय सुर्खेतले सोमबार खुला प्रतिस्पर्धा माध्यमबाट बोलपत्र प्रकाशित गरेको सिञ्जाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

    उनले भने, “सडक पुनः स्तरवृद्धिका लागि हिमा गाउँपालिका–१ आचार्यलिहीको जिरो प्वाइन्टबाट धिताललिही, नराकोट जाच, झिम्डिकुना हुँदै कनकासुन्दरी मन्दिरसम्म पुग्ने छ ।”

    यहाँका नागरिकको आवश्यकता र उनीहरूको मागअनुसार महसुस हुने गरी काम गरिने अध्यक्ष धितालले बताए । कामलाई गुणस्तरीयरूपमा सम्पन्न गराउन सिञ्जावासीको भूमिका महत्वपूर्ण रहने गाउँपालिकाले जनाएको छ ।

    ग्रामीण भेगका विकासे कामलाई तीव्रगतिमा लिनका लागि पालिकाले खुला प्रतिस्पार्धाबाट रोलर र जेसिबी खरिद गरी पालिकामा पुगिसकेको छ । कार्यविधि बनाइ सञ्चालनमा ल्याइने सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलला धितालले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend