logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • मलाई धाँधली गरेर हराइयो : झलनाथ खनाल

    मलाई धाँधली गरेर हराइयो : झलनाथ खनाल

    3.5K
    Shares
    मलाई धाँधली गरेर हराइयो : झलनाथ खनाल

    काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले धाँधली गरेर आफूलाई हराइएको बताएका छन् ।

    पुनः मतदान गराउनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका खनालले आफ्नो निकटतम प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरु कर्मचारीले आफूलाई पराजित गराएको दाबी गरेका हुन् ।

    उनले वारेशमार्फत सर्वोच्च अदालतमा पेस गरेको निवेदनमा भनिएको छ, ‘निर्वाचन अधिकृत तथा मतदान अधिकृतको अन्यायपूर्ण र पक्षपाती निर्णय र कार्यले निर्वाचन निष्पक्ष नभएकाले मेरो संवैधानिक, कानूनी, नागरिक एवं राजनैतिक अधिकारको हनन् भएकाले पक्षपातपूर्ण निर्वाचन बदर गरी पुनः निर्वाचन गराउने गरी इन्फास हुन अदालतमा आएको छु ।’

    खनालले ५९ हजार ३७९ मत खसेकोमा गन्ने बेलामा ५९ हजार ७०५ मत पाइएकोले धाँधली भएको पुष्टि हुने दाबी गरेका छन् । उनले स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन हुन नसकेको दाबी गरेका छन् । विश्वसनीय र भयरहित निर्वाचन नभएकाले फेरि निर्वाचन हुनुपर्ने उनको माग छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend