logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘महापुरुष’ बन्यो ५१ औं दिन मनाउने यो वर्षको दोस्रो फिल्म

    ‘महापुरुष’ बन्यो ५१ औं दिन मनाउने यो वर्षको दोस्रो फिल्म

    3K
    Shares
    ‘महापुरुष’ बन्यो ५१ औं दिन मनाउने यो वर्षको दोस्रो फिल्म

    काठमाडौं । फिल्म ‘महापुरुष’ यस वर्ष ५१ औं दिन मनाउने दोस्रो फिल्म भएको छ । गत कात्तिकबाट प्रदर्शनमा आएको फिल्मले शनिबारबाट ५१ औं दिन मनाएको हो । निर्माण युनिटले शनिबार एक कार्यक्रम गर्दै फिल्मको ५१ औं​ दिनको खुसी समेत सबैमाझ साटेको छ ।

    ‘महापुरुष’ प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । ५१ औं दिन मनाउने उनी निर्देशित यो चौंथो फिल्म हो । यसअघि उनको ‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ ले पनि प्रदर्शनको ५१ औं दिन मनाएको थियो । एकल पिताले आफ्नो सन्तानका लागि गर्ने त्याग र समर्पणमा आधारित फिल्म ‘महापुरुष’ बलियो माउथ पब्लिसिटीका कारण ब्यवसाय गर्न सफल भएकोे हो ।

    फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेश पौड्याल, नरेन्द्र कंसाकार लगायतको अभिनय छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend