logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • भेरी करिडोरमा आवतजावत रोकेर सडक निर्माण

    भेरी करिडोरमा आवतजावत रोकेर सडक निर्माण

    2.3K
    Shares
    भेरी करिडोरमा आवतजावत रोकेर सडक निर्माण

    मुसिकोट । भेरी करिडोरअन्तर्गत जाजरकोटको रिम्नादेखि रुकुम पश्चिमको चिसापानी खण्ड बन्द हुने भएको छ । निर्माणको काम चलिरहेकाले यही पुस १० देखि ३० गतेसम्म दिनमा एक घण्टा मात्र सडक सञ्चालन हुनेछ ।

    दैनिक बिहान ६ देखि मध्याह्न १२ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म सडक अवरुद्ध रहने निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले जानकारी दिए । उनका अनुसार दैनिक मध्याह्न १२ देखि १ बजेसम्म एक घण्टा भने सडक खुल्नेछ ।

    त्यस्तै दैनिक बेलुका ६ देखि बिहान ६ बजेसम्म पनि सडक खुला रहने उनले बताए । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पनि सूचना जारी गर्दै सडक अवरुद्ध हुने विषयमा जानकारी गराएको छ । यस अवधिमा एम्बुलेन्स, बिरामी बोकेका साधन र सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन हुने सूचनामा उल्लेख छ ।

    भेरी करिडोरअन्तर्गत जाजरकोटको रिम्नादेखि तल्लुबगर सम्मको ४० किलोमिटर सडक स्तरोन्नतिको काम चलिरहेको छ । कालोपत्र गर्ने गरी यती बिल्डर्सले काम गरिरहेको छ । अहिले डबल कटिङको काम भइरहेको छ । जसअन्तर्गत रिम्ना–चिसापानी खण्ड बन्द हुन लागेको हो ।

    यस सडकको मुख्य ठेकेदार कम्पनी श्रेष्ठ कन्स्ट्रक्सन हेटौँडा रहे पनि त्यसबाट यती बिल्डर्सले जिम्मा लिएको हो । यो जाजरकोट–डोल्पा जोड्ने सडकको एक खण्ड हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend