logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन

    एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन

    1.7K
    Shares
    एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन

    कर्णाली । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् । एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतरूपमा दलको नेतामा चयन गरेको हो ।

    संसदीय दलको नेतामा सुर्खेत क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको दाबी थियो ।

    आफूले दाबी छोडेपछि कँडेल सर्वसम्मत दलको नेतामा चयन भएको अध्यक्ष शाहले जानकारी दिए । नेता कँडेल विसं २०७४ मा पनि प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । हाल उनी एमालेको स्थायी कमिटी सदस्य र कर्णाली प्रदेश इञ्चार्ज पनि हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend