logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको एकिकृत कारोबार सुरू

    मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको एकिकृत कारोबार सुरू

    3.8K
    Shares
    मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको एकिकृत कारोबार सुरू

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले आजदेखि एकिकृत कारोबारको सुरू गर्दैछन् ।

    मर्जरसँगै नेपाल इन्भेष्टमेन्टको कुल पूँजी ५८ अर्ब पुगेको छ । दुई बैंक मर्जरपछि नेपाल इन्भेष्टमेन्ट कुल पूँजीतर्फ सर्वाधिक ठुलो भएको छ ।

    दुई बैंकलाई मर्जरमा जानको लागि राष्ट्र बैंकले पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

    मर्जरपछि कुल निक्षेप तीन खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । यो ग्लोबल पछि दोस्रो ठुलो निक्षेप हो । त्यस्तै कर्जा लगानी तीन खर्ब २९ अर्ब रुपैयाँ पुग्नेछ ।

    बैंकको शाखा सञ्जाल २९६ वटा पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९ वटा पुगेको छ । एटिएम २७९ वटा सञ्चालनमा आएको छ भने कुल ग्राहक संख्या ४० लाख नाघेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend