logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • आजको मौसमः पश्चिम नेपालबाट वर्षा सुरु, यी प्रदेशमा हिमपात

    आजको मौसमः पश्चिम नेपालबाट वर्षा सुरु, यी प्रदेशमा हिमपात

    2.5K
    Shares
    आजको मौसमः पश्चिम नेपालबाट वर्षा सुरु, यी प्रदेशमा हिमपात

    काठमाडौं । देशका केही भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । देशको पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेपछि पश्चिम नेपालबाट वर्षा सुरु भएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

    विभागले आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    विभागका अनुसार आज राति लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश, मधेस प्रदेश र प्रदे–१ मा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend