logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसको स्वर्ण कपुरलाई

    पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसको स्वर्ण कपुरलाई

    1.9K
    Shares
    पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसको स्वर्ण कपुरलाई

    काठमाडौं । एनसीसीएसका कपुर शर्मा पौडेलले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जितेका छन् ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीवार भएको फाइनलमा कपुरले टिम सम्झनाका कपिल कुमारलाई १६–१४, ८–११, १६–१४, २–११ र ११–७ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

    टिम सम्झनाका प्रकाश धाक्वा र गण्डकी प्रदेशका राजन सुब्बा तेस्रो भए । ललितपुर जिल्ला टेबल टेनिससंघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत विभिन्न ७ स्पर्धा समावेश प्रतियोगितामा ४ स्वर्णको छिनोफानो भइसकेको छ ।

    यसअघि टिम इभेन्टको पुरुषमा भारतको ग्लोवल टेबलटेनिस एकेडेमी र महिलामा नेपाल प्रहरी क्लव तथा भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लवकी इन्दिरा पौडेल पराजुलीले स्वर्ण जितेका थिए । पुरुष÷महिला सिंगल्स र भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्सको फाइनल हुन बाँकी छ ।

    माघ १७ देखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत, बेलायत, फ्रान्स र पोर्चुगलबाट गरी २ सय ५६ महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितमा पुरुष-महिला एकल र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी सात स्पर्धामा प्रतिष्पर्धा भइरहेको छ।

    प्रतियोगिताको एकल र टिममा शिर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै भेट्रानतर्फ विजेतालाई २० हजार, उपविजेतालाई दश हजार तथा तेस्रोलाई पाँच हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend