logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • समस्याको समाधान नगदा नगदी हुनुपर्छ, उधारोमा होइन : ओली

    समस्याको समाधान नगदा नगदी हुनुपर्छ, उधारोमा होइन : ओली

    1.8K
    Shares
    समस्याको समाधान नगदा नगदी हुनुपर्छ, उधारोमा होइन : ओली

    विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी एवं व्यवसायीले स्वस्थ ढङ्गले व्यापार अगाडि बढाउनुपर्ने बताएका छन् । सिएनआइ कोसी एक्स्पो–२०७९ को आज यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

    उनले अनेक हिसाबले विराटनगर पहिलो स्थान हुनुपर्नेमा हुन नसक्नुको कारण खोज्नुपर्ने भन्दै सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमले उद्योगी र व्यापारीको समस्या समाधान हुने बताए।

    प्रतिकूल समयमा निरास भएर व्यवसायीले आत्महत्या गर्नु राम्रो होइन भन्दै अध्यक्ष ओलीले समस्यासँग लड्न सक्नुपर्ने र समस्याको समाधान खोज्नुपर्ने बताए ।

    विराटनगरबाटै उद्योग, उद्योगी र व्यापार एवं व्यवसाय सुरु भएको भन्दै अध्यक्ष ओलीले उद्योगको विकास गर्न सरकारले सहयोग गर्ने आश्वासन दिए । उद्योगी एवं व्यवसायीले सङ्गठनात्मक प्रतिस्पर्धा गर्नुभन्दा काम र उत्पादनमा प्रतिस्पर्धा गर्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्री ओलीले भने, “समस्याको समाधान नगदा नगदी हुनुपर्छ, उधारोमा होइन ।”

    उनले भने, “कुराले चिउरा नभिज्ने, सरकारले उद्योगी र व्यापारीको समस्या समाधान गर्न ठोस कदम चाल्नु पर्छ ।” गएको एक महिनादेखि देशको अर्थतन्त्रमा सुधार आएको भन्दै अध्यक्ष ओलीले आम्दानी कम र खर्च बढी हुने कारणले बजेट घाटा रहेको स्मरण गराए ।

    उनले नेपालको सबैभन्दा होचो भू–भाग केचनाकवलबाट सबैभन्दा अग्लो सगरमाथाबीचको विविधतालाई पहिचान गरी औषधि उत्पादन हुने उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गरे । अध्यक्ष ओलीले उद्योग र उद्योगीको समस्या समाधान गर्न आफूले पहल गर्ने भन्दै त्यसका लागि समस्यालाई बुँदागतरूपमा ल्याउन आग्रह गरे ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सङ्घीय सरकार उद्योग प्रवर्धन र सहजीकरण गर्न तयार रहेको बताए । उनले उद्योग र उद्योगीका निम्ति सरकारले ल्याएको नीतिबाट निर्यात बढ्ने र अर्थतन्त्रमा सुधार आउने विचार व्यक्त गरे

    प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भर्खर पाँच वर्ष भएको प्रदेश संरचना खारेज गर्नुपर्ने माग उठ्नु हतारमा बोलिएको हो भन्दै प्रदेश सरकारको काम हेरेर समीक्षा गर्नुपर्ने कुरामा जोड दिए ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend