logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा कारबाहीमा २ जना आतङ्कारी मारिए

    उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा कारबाहीमा २ जना आतङ्कारी मारिए

    2K
    Shares
    उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा कारबाहीमा २ जना आतङ्कारी मारिए

    एजेन्सी । उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा फौजले गरेको कारबाहीमा दुई जना आतङ्कारी मारिएका छन् । देशको खैबर पख्तुनख्वा प्रान्तमा गरिएको कारबाहीमा ती आतङ्कारी मारिएका हुन् ।

    खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा फौज र आतङ्कारीबीच भएको दोहोरो झडमा ती आतङ्कारी मारिएका तथा उनीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको पाकिस्तानी सेनाले आज जनाएको छ ।

    आतङ्कवादविरुद्ध शून्य सहनशीलता अपनाएको पाकिस्तानी सेनाले अतिवादीहरूलाई परास्त गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्ने सङ्कल्पमा दृढ रहेको शुक्रबार एक विज्ञप्ति निकालेर बताएको छ । सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन (आइएसपीआर)ले हिंसाको सहारा लिने कुनै पनि समूह र निकायविरुद्ध निरन्तर लड्ने दृढता विज्ञप्तिमा व्यक्त गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend