logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • जापानको चन्द्रमा ल्यान्डर चन्द्र रातपछि भयो पुनर्जीवित

    जापानको चन्द्रमा ल्यान्डर चन्द्र रातपछि भयो पुनर्जीवित

    1.7K
    Shares
    जापानको चन्द्रमा ल्यान्डर चन्द्र रातपछि भयो पुनर्जीवित

    सिन्ह्व । जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि २ साताको अर्को चिसो चन्द्र रातमा जीवित रहेपछि तेस्रो पटक बिउँझिएको मुलुकको अन्तरिक्ष एजेन्सीले बुधबार बताएको छ ।

    आफ्नो अवतरण सटीकताका लागि ‘मुन स्नाइपर’ भनिने स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआइएम) जनवरीमा चन्द्रमाको सतहमा आएको थियो ।

    यसबाट जापान चन्द्रमामा सफ्ट अवतरण हासिल गर्ने पाँचौँ मुलुक बन्यो । यद्यपि कछुवा गतिमा चल्ने एउटा मिनी–रोभर बोकेको मानवरहित हलुका यो अन्तरिक्ष यान एउटा अस्पष्ट कोणमा उत्रिँदा उसको सौर्य प्यानल गलत दिशामा गयो ।

    निराशावादी भविष्यवाणीहरूलाई बेवास्ता गर्दै फेब्रुअरीको अन्त्यमा पृथ्वीको करिब १४ दिनसम्म चल्ने चन्द्र रात समाप्त भएपछि अनुसन्धानलाई पुनर्जीवित गरिएको थियो ।

    माइनस एक सय ३० डिग्री सेल्सियससम्मको न्यूनतम तापक्रमको सामना गरेपछि यसले गत महिनाको अन्त्यमा यो उपलब्धि दोहोर्यायो र नयाँ तस्बिरहरू पृथ्वीमा पठायो । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) ले बुधबार यानले तेस्रो पटक बिउँझिएपछि परीक्षणसँग सञ्चार गर्न पुनः सफल भएको बताएको छ ।

    सामाजिक सञ्जाल एक्समा जाक्साले उक्त ल्यान्डरबाट प्राप्त चन्द्रमाको सतहको एउटा तस्बिर पोस्ट गरेको छ । एसएआइएमले तीन रातसम्म जीवित रहेपछि आफ्नो मुख्य काम जारी राखेको छ”, जाक्साले भनेको छ । यसअघि जाक्साले अन्तरिक्ष यानलाई कठोर चन्द्र रातका लागि डिजाइन नगरिएको बताएको थियो ।

    हामी एसएआइएमको अवस्थाको सावधानीपूर्वक अनुसन्धान गर्न जारी राख्नेछौँ र दिन र रातमा चन्द्रमाको वातावरणमा निर्भर गर्दै कुन भाग बिग्रने सम्भावना छ र कुन भाग बिग्रने सम्भावना कम छ भनेर स्पष्ट गर्नेछौँ”, जाक्साले भनेको छ ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend