
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षीको मान्यता दिनुको कारण माग गरेको छ । अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्षी हुन नसक्ने दाबी गर्दै रिट दायर गरेका थिए।
सोही रिट उपर सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले विपक्षी संघीय संसद् सचिवालयका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
सर्वोच्चले दुवै पक्षलाई बहसका लागि बोलाएको छ। दुवै पक्षको छलफलपछि यो विषयमा रिट निवेदकले मागे अनुसारको अन्तरिम आदेश दिने वा नदिनेबारे आदेश हुनेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend