आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अखिल महाधिवेशन: को बन्ला अध्यक्ष र महासचिव यी हुन् बलिया उम्मेदवार ?

अखिल महाधिवेशन: को बन्ला अध्यक्ष र महासचिव यी हुन् बलिया उम्मेदवार ?

काठमाडौं । फागुन २ अर्थात भोलिदेखि काठमाडौँमा शुरु हुने नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं महाधिवेशनको सरगर्मी निकै बढेको छ।

७ वर्षपछि हुन् लागेको महाधिवेशनमा विद्यार्थी नेताहरु काठमाडौँमा आउने भिड मात्र बढेको छैन संगठनमा नेतृत्व लिने भिड समेत उत्तिकै बढेको छ।

यसपटकको महाधिवेशनमा निर्वाचन मार्फत नेतृत्व चयन गर्ने तर गुट (प्यानल) बनाएर जान नपाइने निर्देशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिई सकेका छन्।

ओलीको निर्देशन पछि पार्टी नेता निकट हैन विद्यार्थी नेता निकट भएमात्र स्वच्छ लोकतान्त्रिक प्रतिस्पर्धा चुनाव जितिन्छ भन्ने बिश्वास नेताहरुमा देखिन थालेको छ। सोहि कारण सामाजिक संजालमा उम्मेदवारी घोषणा गरेर भोट माग्नेदेखि महाधिवेशन प्रतिनिधिलाई फोन भेटघाट मार्फत आफुलाई जिताउन आग्रह गर्ने क्रम तिब्र गतिमा छ।

अखिलको लामो समयदेखि निर्वाचित नेतृत्व नहुँदा यसपटकको महाधिवेशनमा प्रतिपर्धीहरु समेत बढेका छन्। बिशेष गरेर कार्यकारी पद अध्यक्ष र महासचिवमा बढी प्रतिस्पर्धा देखिएको छ ।

अध्यक्षमा आकांक्षा धेरैले देखाए पनि मुख्य प्रतिस्पर्धा आरसी लामिछाने, समिक बडाल बीच हुने अखिलका एक नेता बताए । आकांक्षा देखाउनेमा भने आरसी र समिकसंगै उपाध्यक्षहरु मोती बिक र लोकेश निरौला छन्।

हालका वरिष्ठ उपाध्यक्ष रहेका आरसी लामिछाने आरआर क्याम्पस र महासचिव समिक बडाल त्रिचन्द्र क्याम्पसबाट राजनीतिमा स्थापित भएका नेता हुन्। बिद्यार्थी आन्दोलन सक्रिय भूमिका र अघिल्लै पटकको अध्यक्षको उम्मेदवारको हिसावले पनि आरसी लामिछाने बलिया प्रतिस्पर्धी मानिन्छन।

त्यस्तै अखिलको महासचिवमा पनि प्रतिस्पर्धीहरुको लर्को लागेको छ । महासचिवमा ५ जनाले उम्मेदवारी घोषणा गरीसकेका छन्। हालका उपाध्यक्ष कल्पना वाइबा, उपमहासचिवहरु नरेश रोकाय, नारायण घती ,गोविन्द गिरी र भास्कर खनालले महासचिवमा दाबी पेश गरेका छन् ।

वर्तमान उपाध्यक्षहरु सबै अध्यक्ष पद ताक्दा कल्पना वाइबाले भने महासचिव उम्मेदवार बन्ने घोषणा गरेकी छन्। अखिलको इतिहास हेर्दा उपाध्यक्षबाट महासचिवमा आउनेको पल्ला भारी भएको देखिन्छ। यसअघि नवीना लामा र ऐन महर पनि उपाध्यक्षबाट महासचिव झरेर निर्वाचित भएका थिए।

पाँचथर पूर्वी नेपालको राजनीति हुदै त्रिभुवन बिश्व विद्यालय किर्तिपुरबाट राजनीतिमा उदायकी वाइवा अखिलको महिला बिभाग प्रमुख तथा महाधिवेशनको आवास व्यवस्थापन प्रमुख समेत हुन्। पार्टीमा समेत राम्रो प्रभाव रहेकी वाइवालाई बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ।

करिव १५ सय प्रतिनिधि सहभागी हुने अखिलको महाधिवेशनले अध्यक्ष महासचिव र कोषाध्यक्ष एक एक त्यसैगरी जना चार जना उपाध्यक्ष, दश जना सचिव, (७ जना खुला र ३ जना महिला) गरी  १७ सदस्यीय पदाधिकारी र १९९ जनाको केन्द्रीय कमिटि चयन गर्नेछ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend