logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • नागरिक समाजका अगुवाहरु यथास्थितिवादको पक्षमा : शंकर पोखरेल

    नागरिक समाजका अगुवाहरु यथास्थितिवादको पक्षमा : शंकर पोखरेल

    1.8K
    Shares
    नागरिक समाजका अगुवाहरु यथास्थितिवादको पक्षमा : शंकर पोखरेल

    काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नागरिक समाजका अगुवाहरुका बिरुद्धमा अनेरास्ववियु लाग्नुपर्ने बताएका छन् । मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा (एमाले) को नेतृत्वमा सरकार हुँदा नागरिक समाजको नाममा सडकमा आन्दोलन हुने गरेको बताए ।

    उनले बुर्जुवाहरुले सरकारमा बसेर जतिसुकै बर्बादीको काम गरेपनि नागरिक समाज सडकमा नआउने तर एमालेले जनताको हीतको पक्षमा काम गर्दापनि सडकमा आउने गरको भन्दै आपत्ति जनाए।

    नागरिक समाजको अगुवाहरु यथास्थितिवादको पक्षमा रहेको उल्लेख गर्दै उनले उनीहरुले समाज विकासलाई रोक्न भुमिका खेलेको आरोप लगाए । महासचिव पोखरेलले एमालेका बिरुद्ध सडकमा आउने नागरिक समाजकै बिरुद्ध अनेरास्ववियु वैचारिक र राजनीतिक रुपमा खडा हुनुपर्ने टिप्पणी गरे।

    महासचिव पोखरेलले समाजमा धार्मिक अतिवाद र धर्मान्तरको नाममा आक्रमण भइरहेको भन्दै नेपाली सांस्कृतिक मूल्य, मान्यताको जगेर्ना गर्नुपर्ने बताए । उनले संस्कृति रक्षाको पक्षमा उभिन पनि अनेरास्ववियुका विद्यार्थीहरुलाई आग्रह गरे । इतिहास र संस्कृतिमाथि आक्रमण भए राष्ट्र कमजोर हुने उनको भनाई थियो ।

    एमालेको नेतृत्वमा देश चलेमा कसैले भविष्यको बारेमा चिन्ता लिनु नपर्ने बताउँदै उनले भने देशको विकास र समृद्धि एमालेको नेतृत्वबाट मात्रै संभव छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend