आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

नुवाकोटकाे चैनपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

नुवाकोटकाे चैनपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

नुवाकोट । नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विदुर नगरपालिका-४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना भएको छ ।

बस दर्घटनामा परेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।

दुर्घटनामा परेर घाइते भएकाको संख्या पनि खुलेको छैन । अहिले घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend