logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • पर्सामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते

    पर्सामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते

    3.4K
    Shares
    पर्सामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते

    काठमाडौं । पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको मृत्यु भएको छ।

    गएराति पौने १२ बजे धोबिनी गाउँपालिका–४ पुलचोकमा प्रदेश नम्बर २–०३–००६ प ५६५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सखुवा प्रसौनी गाउँपालिका–६का १४ वर्षीय चालक दिपेशकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरीले जानकारी दिए।

    लंगडीबाट हरिपुर जाँदै गरेको मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको हो।

    त्यस्तै मोटरसाइकलमै सवार धोबिनी गाउँपालिका–४ बस्ने १० वर्षीय दिपु यादव सामान्य घाइते छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend