logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • कटारी बजारको आगलागी नियन्त्रणमा

    कटारी बजारको आगलागी नियन्त्रणमा

    2.4K
    Shares
    कटारी बजारको आगलागी नियन्त्रणमा

    कटारी । उदयपुरको कटारी बजारको मुख्य भागमा रहेको होटलमा भएको आगलागी नियन्त्रणमा आएको छ । जिल्लाको कटारी–३ स्थित बजारकै मुख्य भाग भूगोलपार्क नजिकै रहेको आज विहान हिमगङ्गा होटलमा भएको आगलागी नियन्त्रणमा आएको हो ।

    कमल साहले सञ्चालन गरेको होटलमा भएको आगलागीबाट रू पाँच लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष पुष्कर खड्काले बताए । “होटलको काउन्टरबाट सुरु भएको आगलागीका कारण फ्रिज लगायतका सामग्री जलेका छन्”, उनले भने ।

    कटारी नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताए । “तत्काल नियन्त्रणमा ल्याउन सकेकाले ठूलो क्षति हुनबाट जोगियो”, कार्कीले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend