logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • डडेल्धुराका पाँच पालिकामा स्वास्थ्य शिविर सञ्चालन

    डडेल्धुराका पाँच पालिकामा स्वास्थ्य शिविर सञ्चालन

    2.9K
    Shares
    डडेल्धुराका पाँच पालिकामा स्वास्थ्य शिविर सञ्चालन

    डडेल्धुरा । यहाँका सात स्थानीय तहमध्ये पाँचमा स्वास्थ्य शिविर सञ्चालन भएका छन् । स्थानीय पालिकाका हरेक वडाले स्वास्थ्य सेवामा सबैको पहुँच पु र्‍याउने उद्देश्यले वडास्तरमा शिविर सञ्चालन गरेको हो ।

    नवदुर्गा गाउँपालिकाले पाँचवटै वडाका ज्येष्ठ नागरिक महिला तथा बालबालिकाको स्वास्थ्य चेकजाँच गर्ना लागि शिविरको आयोजना गरेको जनाएको छ । आँखा चेकजाँच, महिलाको तल्लो पेट दुख्ने समस्या निराकरणका लागि उपचार तथा अन्य बिरामीको पनि उपचार भएको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए।

    गन्यापधुरा गाउँपालिकाले पनि दीर्घरोगी, एकल महिला तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको शिविरबाट निःशुल्क उपचार सेवा दिएको पालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    अमरगढी नगरपालिका–१० ले शनिबार मात्रै आँखा शिविर सञ्चालन गरी एक हजार पाँच सय बढीले उपचार सेवा लिएका छन् । आज वडा नं ६ ले सञ्चालन गरेको नाक, कान, घाँटी, दाँत र आँखा जाँचसम्बन्धी शिविरबाट हजारौँ स्थानीयवासीले सेवा लिइरहेको अध्यक्ष केवि ताम्राकारले बताए। गाउँमै चिकित्सकबाट उपचार पाउँदा स्थानीयवासी हर्षित छन् ।

    दुई दिनसम्म सञ्चालन भएको एकीकृत निःशुल्क स्वास्थ्य शिविरमा हजारौँ बिरामीले स्वास्थ्यपरीक्षण गराएका छन् । ज्येष्ठ नागरिक, असक्त, असाहय तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई घरदैलो मै पुगेर स्वास्थ्य सेवा दिँन पाउँदा खुसी लागेको शिविरमा संलग्न चिकित्सिक टिमका लक्ष्मीप्रसाद भट्टले बताए ।

    एकीकृत स्वास्थ्य शिविरअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, आँखा, दाँत परीक्षण, भिडियो एक्सरे, पाठेघर खसेका महिलाको जाँच, रिङ्गपेसरी राख्ने, ल्याबदेखि निःशुल्क औषधि वितरण गरिएको स्थानीय तहले जनाएका छन् । शिविरमा निःशुल्क औषधि तथा चश्मा वितरण गरिएको थियो ।

    उपक्षेत्रीय अस्पताल डडेल्धुरा र सायन नेपालको सहयोगमा डाक्टरले स्वास्थ्य परीक्षण गरिरहेका छन् । सदरमुकाममा पाउने सेवा गाउँघरबाटै पाउँदा स्थानीयवासी खुसी भएका छन् । शिविरमा ज्येष्ठ नागरिक र महिलाको सङ्ख्या उलेख्य रहेको शिविर सञ्चालन गरेका पालिकाले जनाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend