logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • सशस्त्र द्वन्द्वका शहीद खड्काकाे नाममा पदमार्ग निर्माण

    सशस्त्र द्वन्द्वका शहीद खड्काकाे नाममा पदमार्ग निर्माण

    1.8K
    Shares
    सशस्त्र द्वन्द्वका शहीद खड्काकाे नाममा पदमार्ग निर्माण

    गलकोट । बागलुङ नगरपालिकाले सशस्त्र द्वन्द्वको क्रममा सहादत प्राप्त गरेका बागलुङ नगरपालिका–८ सिगानाका शहीद टङ्क खड्काका नाममा पदमार्ग निर्माण गरेको छ । नगरपालिकाले वडा नं ८ सिगाना बेँसीदेखि वडा कार्यालय पुग्ने गरी पक्की पदमार्ग निर्माण गरेकोे हो । द्वन्द्वका क्रममा ज्यान गुमाउनुभएका खड्काको सम्झनामा पक्की पदमार्ग निर्माण गरिएको हो ।

    पालिकाले चालु आर्थिक वर्षमा उक्त सडक निर्माणका लागि पदमार्ग योजनाअन्तर्गत १० लाख विनियोजन गरेको शहीद टङ्क खड्का पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन जिसीले जानकारी दिए । ‘अहिले पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, झन्डै तीन सय ५० मिटर लामो मार्ग बनेको छ, अर्को वर्षसम्म वडा कार्यालयसम्म ढलान पुर्‍याउने तथा शहीदको नाममा प्रवेशद्वारसमेत निर्माण गर्ने योजना छ’, उनले भने । समितिका अध्यक्ष जिसीका अनुसार शहीद टङ्क खड्काको घर अघिको बाटोलाई स्तरोन्नति गरिएको हो । पालिकाले बजेट विनियोजन गरेर पदमार्ग निर्माण गरी शहीदलाई स्मरण तथा सम्मान गरेको उनको भनाइ छ । पदमार्गमा आवश्यकता अनुसार रेलिङसमेत हालिने छ ।

    निर्वाचनका क्रममा मत माग्दै जाँदा शहीद परिवारले शहीदको स्मरण योग्य काम नभएको र शहीदको नाम बिर्सिएको गुनासो गरेपछि सिगानाका शहीद खड्काको नाममा उनकै घर अघिको बाटोलाई स्तरोन्नति गरी पक्की पदमार्ग निर्माण गरिएको नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए। उनका अनुसार शहीदका परिवारले शहीदका नाममा स्मरणयोग्य काम नभएको गुनासो गरेपछि रकम विनियोजन गरेर पदमार्ग निर्माण गरिएको हो । ‘पदमार्ग निर्माणपछि शहीदको सम्झना पनि हुने र पर्यटक तथा पदयात्रीलाई सहज हुन्छ’, उपप्रमुख खड्काले भने ।

    खड्काले २०५९ सालमा सशस्त्र द्वन्द्वका क्रममा सहादत प्राप्त गरेका थिए । ढिलै भए पनि छोराको स्मृतिमा पालिकाले सम्झन लायक काम थालेको उल्लेख गर्दै शहीद टङ्क खड्काका बुबा जितबहादुरले खुसी व्यक्त गरे । ‘शहीदका सपना कुल्चिन थालिएको अवस्थामा पालिकाले शहीदको नाममा पदमार्ग बनाउने निर्णयअनुसार काम भएको छ, यसलाई पूर्णता दिन आगमी वर्षसमेत बजेट विनियोजन हुनेछ’, खड्काले भने।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend