आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राष्ट्रपति निर्वाचनमा सहभागी नहुने राप्रपाको निर्णय

राष्ट्रपति निर्वाचनमा सहभागी नहुने राप्रपाको निर्णय

sf7df8f}F, @$ kmfu'gM /fk|kf sfo{;Dkfbg ;ldlt a}7ssf ;xefuL /fli6«o k|hftGq kf6L{ - /fk|kf _ sf] s]G›Lo sfof{no w'Daf/fxLdf a'waf/ a;]sf] kf6L{sf] s]G›Lo sfo{;Dkfbg ;ldltsf] a}7sdf ;xefuLx? . tl:a/ M xl//fd e]6'jfn÷/f;;

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको राप्रपाको कार्यसम्पादन समितिको पाँच घण्टासम्म चलेको बैठकले यस्तो निर्णय गरेको हो ।

राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले मतदान गर्न पाउँछन् । राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन् ।

यसैगरी राष्ट्रपति निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रपति निर्वाचनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, २०७९ निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक हुने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले प्रदेश सभातर्फ ५५० जना र संघीय संसदतर्फ ३३२ जनाको मतदाता नामावली रहेको जानकारी दिँदै मतदानका लागि संघीय संसद भवनको ल्होत्से हलमा दुईवटा मतदान केन्द्र स्थापना गरिएको बताए ।

ल्होत्से हल भित्रका दुई मतदान केन्द्रमा संघीय सांसद र प्रदेश सांसदहरुले छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताए । संघ र प्रदेशका सांसदहरुको छुट्टाछुट्टै लाइन हुने छ । मतदान बिहान १० बजेदेखि शुरु भइ ३ बजेसम्म हुने भन्दै ३ बजेपछि लामवद्ध हुन आउने मतदातालाई मतदानका लागि प्रवेश निषेध गरिने स्पष्ट पारे ।

निर्वाचन अधिकृत पौडेलले मतदानका लागि लाइन बस्नुअघि संघीय सांसद र प्रदेश सांसदहरुलाई छुट्टाछुट्टै ‘वेटिङ रुम’ बनाइएको बताए । त्यस्तै मिडियाका लागि पनि ‘वेटिङ रुम’ को व्यवस्था गरिएको छ । अपरान्ह ४ बजेदेखि मतगणनाको कार्य शुरु गरेर साँझ ७ बजेसम्म गणना सकिसक्ने लक्ष्य राखिएको छ । मतगणना सकिएसँगै ल्होत्से हलमै आएर मत परिणामको घोषणा गरिने निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend