logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्याट्रियट्स कप अन्तरकलेज क्रिकेट शनिवारदेखि

    प्याट्रियट्स कप अन्तरकलेज क्रिकेट शनिवारदेखि

    2K
    Shares
    प्याट्रियट्स कप अन्तरकलेज क्रिकेट शनिवारदेखि

    काठमाडौं । ललितपुर प्याट्रियट्स प्रा.लि. को आयोजनामा प्याट्रियट्स कप दोश्रो अन्तरकलेज टी– २० क्रिकेट प्रतियोगिता शनिवारदेखि हुने भएको छ । प्रतियोगितामा १२ छात्र टिमको सहभागिता रहने मंगलवार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो ।

    सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूह ‘ए’ ब्लु बर्ड, ब्रिलियन्ट र टेक्सास तथा समूह ‘बी’ पिनाकल, गोल्डेनगेट र प्राइम रहेका छन् । काठमाडौं मोडल कलेज, काठमाडौं युनिभर्सिटी र केएफए समूह ‘सी’ मा छन् भने ओरियन्ट, हेटौडा स्कुल अफ म्यानेजमेन्ट र पब्लिक युथ कलेज समूह ‘डि’ मा छन् ।

    विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘प्लेयर अफ द टुर्नामेन्ट’ लाई २५ हजार नगदबाट पुरस्कृत गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १५–१५ हजार नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगितामा जम्मा १५ खेल हुनेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिनेछ ।

    प्रतियोगिता निर्देशक सारोन जोशीले युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै प्रतिभावन खेलाडीको पहिचान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य भएको बताइन् । सारोनले प्रतियोगिताबाट २ उत्कृष्ट खेलाडी छनोट गरी विशेष सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

    पत्रकार सम्मेलनमा प्याट्रियट्सका अध्यक्ष किशोर महर्जनले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए । आयोजकका अनुसार प्रतियोगिताका लागि ५० लाख रुपैयाँ खर्च हुनेछ । आठदिने प्रतियोगिताका खेलहरु मुलपानी क्रिकेट मैदानमा हुनेछन् । पहिलो संस्करणको उपाधि ब्लु बर्डले जितेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend