logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन सञ्चालन गर्ने

    काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन सञ्चालन गर्ने

    2.7K
    Shares
    काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन सञ्चालन गर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ सञ्चालन गर्ने भएको छ । महानगरले बिहीवार पत्रकार सम्मेलन गर्दै स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौति सम्बन्धी आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको हो ।

    महानगरकी उपप्रमुख सुनिता डंगोलले देशभरमा स्थानीय तहका न्यायिक समितिलाई प्राप्त संवैधानिक तथा अन्य कानूनी प्रवन्ध र उपयोगमा समान बुझाई विकास गर्न सम्मेलन आयोजना गर्न लागेको बताइन् । उनले न्यायिक समितिको राष्ट्रिय सम्मेलन देशभरका न्यायिक समितिले गरिरहेको काम कतव्र्य क्षेत्राधिकार अस्पष्ट भएर अलमलमा परिरहेको तथा धेरै सफलता,भोगेका समस्या र चुनौति सम्बन्धी आदान प्रदान गर्ने मुख्य उद्देश्य रहेको बताइन् । उपप्रमुख डंगोलले देशभरमा महानगर,नगरपालिका र गाउँपालिकाका न्यायिक समितिले भोगेका समस्या चुनौतिको आवास बोक्ने प्रयास गर्न लागेको बताइन् । उनले सम्मेलनमा न्यायिक समितिको अवधारणा,विभिन्न कानूनमा भएका न्यायिक समिति सम्बन्धी व्यवस्था,न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र प्रचलन विषयमा कार्यपत्र प्रश्तुत हुने उल्लेख गरिन् । उनले सम्मेलनको दुई दिनसम्म छलफल भएका विषयलाई समेटेर विवाद निरुपण काठमाडौं घोषणापत्र जारी समेत गर्ने जानकारी दिइन् । डंगोलले सम्मेलनमार्फत देशभरमा न्यायिक समितिले गर्ने काममा एकरुपता ल्याउने काम गर्न सहयोग पुग्ने बताइन् ।

    सम्मेलनमा अहिलेसम्म देशभरका ४५० पालिकाका न्यायिक समितिका संयोजक वा प्रतिनिधि सहभागि हुने निश्चित भएको छ । सम्मेलनबाट मेलमिलापका माध्यमबाट समाधान गर्न सकिने विवाद र यसका लागि अपनाउनुपर्ने विधि,मेलमिलाप र निर्णय प्रक्रियाका बारेमा समान बुझाई विकास हुने अपेक्षा गरेको छ । न्यायिक सम्मेलनले न्याय सम्पादनका काम प्रभावकारी हुने, सर्वसाधरणमा न्यायको पहुँच बढ्ने विश्वास लिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend