काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा रवि लामिछाने विरुद्धको रिट निवेदनको पेशी तोकिएको छ ।
अधिवक्ता युवराज पौडेल ‘सफल’ ले दायर गरेको रिट निवेदनमाथि न्यायाधीश सिन्हाको एकल इजलासमा पेशी तोकिएको हो ।
महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको निर्णय बदरको माग गर्दै सर्वोच्चमा सफलले रिट निवेदन दिएका थिए ।
यसअघि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी पोखरेलले निर्णय गरेका थिए ।