logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण बढ्यो

    भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण बढ्यो

    1.9K
    Shares
    भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण बढ्यो

    काठमाडौँ । भारतमा रोगजारी गरी नेपाल फर्कने नेपालीहरुलाई कोरोनाको संक्रमण देखिन थालेको छ । भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण देखिन थालेपछि परीक्षणमा कडाई गर्दा बाँकेको नेपाल भारत सीमा जमुनाहा भन्सार नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई संक्रमण देखिएको हो ।

    नेपाल र्फकनेहरुमा कोरोना संक्रमण बढेसँगै नाकामा परीक्षणको दायरा बढाइएको जमुनाहा नाकाका हेल्थ डेस्क प्रमुख गीता गिरी साहीले जानकारी दिए । उनले नेपाल फर्कने नेपालीहरुको दैनिक परीक्षणमा कोरोना संक्रमित देखापर्न थालेसँग परीक्षणको दायरा पनि बढाएको बताए । उनले जमुनाहा नाकाबाट दैनिक करिव डेढ सयदेखि २ सय जनाको जाँच हुने गरेको बताए । साहीले चैत महिनामा मात्रै ३० जनामा कोरोना पोजेटिभ देखिएको बताए ।

    कोरोनाको पोजेटिभ देखिएकाहरुमा समान्य लक्षण देखिएकाले उनिहरुलाई आइसोलेसनमा बस्ने सुझाव दिएर घर पठाउने गरिएको प्रमुख साहीले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend