logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • बारा–२ को लागि एकमात्र योग्य उम्मेद्वार उपेन्द्र यादव हुन् : मनिस सुमन

    बारा–२ को लागि एकमात्र योग्य उम्मेद्वार उपेन्द्र यादव हुन् : मनिस सुमन

    4.2K
    Shares
    बारा–२ को लागि एकमात्र योग्य उम्मेद्वार उपेन्द्र यादव हुन् : मनिस सुमन

    बारा । जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिस सुमनले बारा-२ को लागि एकमात्र योग्य उम्मेदवार उपेन्द्र यादव भएको दाबी गरेका छन् । पार्टी कार्यालयमा सञ्चारकर्मीसँग बारा २ का उम्मेदवारबारे आफ्नो धारणा राख्दै उनले उक्त कुरा बताएका हुन् ।

    उपेन्द्र यादव राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने र निर्णायक भूमिका निर्वाह गर्न सक्ने नेता हुन् । उनी राजनीतिले खारिएका, विचार र दृष्टिकोणले परिपक्व एवम् अनुभवी नेता हुन्, सुमनले भने । मधेस र मधेसी जनतालाई कसैले राम्ररी बुझेको छ, जानेको छ भने त्यो उपेन्द्र यादव नै हो । त्यत्तिकै उनलाई मधेसको मसिहा भनिएको होइन, उनले भने ।

    बारा-२ का उम्मेदवारहरु मध्ये केही राजनीति सिक्ने क्रममा छन् । केही विभिन्न घटनामा संलग्न भएर बदनाम छन् । उपेन्द्र यादव त्यस क्षेत्रमा उम्मेदवार बनेपछि त्यहाँ अरु उम्मेदवार को छ जनतालाई चासो समेत छैन, उनले भने ।

    उपेन्द्र यादवले त्यस क्षेत्रका जनताको अधिकारका लागि वलिदानीपूर्ण सङ्घर्ष गरे । जनताको पहिचानलाई स्थापित गराए । अब मधेसमा विकास र समृद्धि ल्याउनुछ । जनताको जीवनस्तर उठाउनुछ । त्यो काम उपेन्द्र यादवले मात्र गर्न सक्छन् । सर्वसाधारण जनताको आँखाबाट हेर्दा पनि यो कुरा छर्लङ्ग छ । अरु उम्मेदवारलाई उनीसँग तुलना गर्न सक्ने ठाउँ छैन । बारा २ का लागि एकमाात्र योग्य उम्मेदवार उपेन्द्र यादव हुन्, सुमनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend