logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • तोकिएकै ठाउँमा पोशाक र किताब किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्छौं: बालेन शाह

    तोकिएकै ठाउँमा पोशाक र किताब किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्छौं: बालेन शाह

    3.3K
    Shares
    तोकिएकै ठाउँमा पोशाक र किताब किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्छौं: बालेन शाह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले किताब देखि पोशाकसम्म सिन्डीकेट गर्ने विद्यालयलाई कारबाही गर्ने बताएका छन् ।

    उनले तोकिएकै ठाउँमा पोशाक र किताब किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने बताएका हुन् । विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो महानगरमा आएपछि महानगरले परिपत्र गर्दै अबदेखि यस्तो गरेको पाइएमा कारबाही गर्ने जनाएको हो ।

    नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र गर्दै महानगरले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार काम गर्न भनेको छ ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्-

    विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ । साथै, सम्पुर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन हुन अनुरोध छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend