logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • हिमाली जिल्ला ताप्लेजुङमा आइपुग्यो पाठ्यपुस्तक

    हिमाली जिल्ला ताप्लेजुङमा आइपुग्यो पाठ्यपुस्तक

    1.7K
    Shares
    हिमाली जिल्ला ताप्लेजुङमा आइपुग्यो पाठ्यपुस्तक

    ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ । कक्षा १ देखि १० सम्मका तीन हजार सात सय थान पुस्तक आइपुगेको र बिक्री वितरण गर्ने तयारी भइरहेको पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ ताप्लेजुङले जनाएको छ । अहिले पाठ्यसामग्री मिलाउने तथा भण्डारण गर्ने काम भइरहेकाले उक्त काम सकिएपछि बुधबारदेखि बिक्रीवितरण थालिने महासङ्घका अध्यक्ष ज्ञानप्रसाद मिश्रले बताए ।

    यहाँका स्टेशनरी व्यवसायीले संयुक्त रुपमा पुस्तक खरिद गरेर ल्याएका हुन् । विगतदेखि नै सामुदायिक विद्यालयका पुस्तक ल्याएर उनीहरुले पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घमार्फत बिक्री वितरण गर्दै आएका छन् । बिक्री वितरणको संयोजन महासङ्घले नैे गर्दै आएको हो ।

    अघिल्लो शैक्षिक सत्रमा बिक्री वितरण भएको सङ्ख्याका आधारमा अनुमान गरेर पुस्तक ल्याइएको र यसले यहाँका सबै विद्यालयलाई पुग्ने महासङ्घले जनाएको छ । नपुगेको खण्डमा भने पुनः ल्याएर बिक्री वितरण गर्ने बताइएको छ । जनक शिक्षा सामग्री केन्द्रले योवर्ष समयमै पुस्तक छापेको र खरिद गर्ने तथा ल्याउने प्रक्रिया पनि समयमा नै भएकाले चाँडै पाठ्यपुस्तक आएको महासङ्घको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend