सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु

dtbfgsf nflu hDdf ePsf pBf]uL Joj;foLx? sf7df8f}F @( r}t M pBf]u jfl0fHo dxf;ª3sf] lgjf{rgsf nflu a'waf/ ljxfg k|1fejgdf hDdf ePsf pDd]bjf/ tyf dtbftf . tl:a/ M xl//fd e]6'jfn÷ /f;;

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति (२०८०–२०८३) चयनका लागि मतदान सुरु भएको छ । प्रज्ञाभवन कमलादीमा सुरु भएको हो ।

महासंघ निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । महासंघ निर्वाचनमा ५० प्रतिशत मतभार रहेको जिल्ला नगरतर्फ ११७, वस्तुगततर्फ १२३ र एसोशिएटतर्फ १७४८ मतदाता छ । यस्तै द्विराष्ट्रियतर्फ ५ जना मतदाता छन् । जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ ।

महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन् ।

अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्षमा तीन जना प्यानलसहित प्रतिस्पर्धामा छन् । पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend