logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको छ : मन्त्री किराँती

    नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको छ : मन्त्री किराँती

    1.1K
    Shares
    नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको छ : मन्त्री किराँती

    काठमाडौं । चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौंमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्वसन्धामा बिहीवार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन् ।

    चिनियाँ पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छेन् सङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरे । हिमालय एयरलाइन्सको विमान चार्टर गरेर १८१ जना चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आएका हुन् । उनीहरुको करिव ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यहरुमा घुम्नेछन् । १८१ चिनियाँ पर्यटकलाई स्वागत गरेपश्चात संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको बताए । उनले कोरोना महामारीको कारण लामो समय नेपालमा समूहमा घुम्न प्रतिवन्ध खुला हुनु नेपाल र चीनसँगको सम्बन्ध बिस्तार भएको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकासको लागि चीनको योगदानको प्रारम्भ भएको पनि उल्लेख गरे ।

    उनले भने,‘ कोरोना महामारीपछि समूहमा घुम्नसक्ने गन्तव्यको रुपमा खुला गरेको छ । समूहमा नेपाल घुम्न चीन सरकारले खुला गर्नु नेपाल र चीनबीचको सम्बन्ध बढ्छ । नेपालको पर्यटन क्षेत्रको विकासको लागि चिनको योगदानको प्रारम्भ भएको छ । सबैभन्दा बढी यो समूहमा आउने भन्ने छ । अहिले १८१ जना आउनुभएको छ । अब ढोका खुल्यो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend